देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रभु बैंक तथा टी थ्री थकाली र साइनो तन्दुरी बीच छूट सम्झौता

देशान्तर

काठमाडौं । प्रभु बैंक र T3 Thakali and Multi Cusinie  र Saino Tandoori & Sekuwa Corner बीच  विशेष छूट सम्झौता भएको छ ।

एक समारोहका बीच सम्पन्न सम्झौतामा टी थ्री थकाली ग्रूप प्रालिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख अधिकृत बिकास शर्मा गुरागाईले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थल नजिकै अवस्थित ती रेष्टुरेन्टमा बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा १० प्रतिशत छूट प्राप्त गर्न सक्नेछन् । 

प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ वटा एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन् ।