देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आठौं तहका पाण्डेले दशौं तहका हाकिमको गाडी किन खोसे

देशान्तर

काठमाडौं । काठमाडौंमा अहिले नगर प्रहरी राजु पाण्डको चर्चा छ । उनी चर्चामा राम्रो काम गरेर भने आएकै हैनन् । आफूलाई सिंघम ठान्ने पाण्डेले महानगरका मेयर बालेन्द साहको नाम राम्रैसँगै दुरुपयोग गर्न सफल व्यक्तिका रुपमा लिइन्छ । उनको स्वार्थ पूरा भएन भने महानगरभित्र जे पनि हुन सक्छ भन्ने कुरा पाण्डेको हिंसाको शिकार भएकी महिला नगर प्रहरीको राजीनामादेखि पातलेवन रिसोर्टको झगडा काण्डले पनि पुष्टि गर्दछ ।

मेयर बालेन साहको नाम भजाउन निकै सिपालु नुवाकोटका यी दुई पत्नीका पोई पछिल्लो समय भने उनले आफनो पदको दुरुपयोग गर्दै आफूभन्दा दूई तहमाथिका विभागिय प्रमुखलाई गर्नुसम्म बेइज्जत गरेका छन् । बीसौं बर्ष महानगरपालिकाका जागिर खाँदा पनि एक पटक विवादमा नमुछिएका वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठलाई सवारी दुरुपयोग गरेको भन्ने हल्ला यसरी फिँजाएकी उनले ठूलै अपराध गरेका छन् । आफ्नो स्वार्थ पूरा नभएपछि व्यक्तिगत रिसवी साध्न महानगरपालिकाका नगर प्रहरी एसएसपी राजु पाण्डेले वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले सरकारी सवारी दुरुपयोग गरेको भ्रम फैलाएका हुन् ।

महानगरपालिकामा मेयर बालेन साह आएपछि पाँण्डेले आफूलाई शेरनै ठानेका छन् । त्यही भएर होला वातावरण विभाग मार्फत फोहोर सकलन गर्ने ठेक्का कानून विपरित राजु पाण्डे निकट व्यक्तिको कम्पनीलाई नदिएपछि राजु पाण्डे विचरा रविनमान श्रेष्ठमाथि खनिएका हुन् । विहिबार एकाविहानै रविनमान श्रेष्ठको घरमा महानगरप्रहरीका एसपी दिनेश अर्यालको नेतृत्वका नगरप्रहरी श्रेष्ठको घरमा पठाएर उनलाई कार्यालयले उपलब्ध गराएको सवारी दुरुपयोग भएकाले नियन्त्रणमा लिएको भन्दै सञ्चार माध्यममा भ्रम फैलाउने काम पाण्डेले गरेका छन् । मेयर बालेन हुनुभन्दा अगाडिका सातवर्षसम्म महानगरमा काम नै नगरी तलव भत्ता खाएका पाण्डेको विगतको पृष्ठभूमि हेर्ने हो भने उनी जस्तो भ्रष्ट कोही पनि देखिएको छैन । अहिले पनि मेयर बालेनको नाममा उनको पुरानो धन्दा अझै सेलाएको छैन ।

महानगरप्रहरी भित्रै महिला नगर प्रहरी माथि गरेको यौन दूव्र्यवहार र अपमान राष्ट्रिय महिला आयोगदेखि मेयर बालेनसम्म पुग्दा पनि कुनै सुनुवाई नभएपछि ती महिलाले केही महिना अगाडि मात्र जागिरबाट राजीनामा दिएकी छिन् । मेयरको आदेश भन्दै मेयरको बदनाम गर्ने पाण्डेले वडा अध्यक्षहरु समेतलाई टेदैनन् भन्ने कुरा महानगरकै वडा नं. ३ मा भएको डोजर काण्डले देखाएको छ । मेयर बालेनले आफूलाई काँखी च्यापेको बहानामा नगरप्रहरीहरुलाई मानसिक तनावदेखि धेरै दुख दिँदा पनि नगरप्रहरीहरु मौन बस्न बाध्य छन् । आफू एसपीबाट कामु एसएसपीमा बढुवा हुदा हत्त न पत्त फुली लगाउने पाण्डेले हवल्दारहरुको असई असई पदमा प्रदेश कानून बमोजिम नै बढुवा भएको अवस्थामा पनि बढुवा नगरी उल्टै निलम्वन गरको घटनाले पनि राजु पाण्डेको हर्कत स्पष्ट हुन्छ ।

अहिले महानगरमा राजु पाण्डेले रविनमान माथि गरेको ज्यादती र भ्रमपूर्ण प्रचारवाजी, अन्यायका विपक्षका कर्मचारीहरु देखिएका छन् । तर राजु पाण्डेले आफ्नो विगतको इतिहासलाई पुरै भुलेर नायक बन्न खोजिरहेका छन् । तर पाण्डेले मेयर बालेन साहलाई कुन खाल्डामा लगेर हाल्ने हुन् यसै भन्न सकिँदै । विशेष कुरा त के हो भने महानगरको कर्मचारी सेवा सुविधा ऐनले तोकेभन्दा फरक ढंगले राजु पाण्डे स्वयंले सवारी दुरुपयोग गरिरहेका छन् । राजु पाण्डेको अनगिन्ती कर्तुत छन् तर बाहिर आउन सकेको छैन । उनले केही हप्ता अगाडि राष्ट्रिय परिचय पत्र बनाउने क्रममा दुई वटा श्रीमती भएकै कारण उनको राष्ट्रिय परिचय पत्र समेत बन्न सकेको छैन । जो चोर उसैको ठूलो स्वर भने जस्तै राज पाण्डे महागनरका दशौं तहका कर्मचारीलाई पालैपालो तह लगाउँछु भन्दै हिड्न थालेको नगरप्रहरीहरुले नै बताउँछन् ।