काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणमा शेयर जारी गर्ने प्रक्रिया अघि बढेको जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आईपीओ निष्कासनको प्रक्रिया सुरू भएको बताए ।
त्यसका लागि प्राधिकरणको क्रेडिट रेटिङ इक्रा नेपालबाट गराउँदा डबल ए प्लस प्राप्त गरेको उनले जनाएका छन् । विद्युत प्राधिकरण ऐन २०४१ अनुसार शेयर जारी गर्न लागिएको घिसिङले जानकारी दिए । उनले प्राधिकरणको सम्पत्ति मूल्यांकन कार्य पनि सकिएको बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७९÷८० को अपरिस्कृत वित्तीय विवरणअनुसार १२ अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड रूपैयाँ पुगेको थियो ।
प्राधिकरणको खुद आम्दानी आर्थिक वर्ष ७८÷७९ मा ८१ अर्ब रहेकोमा आर्थिक वर्ष ७९÷८० खुद आम्दानी बढेर ११८ अर्ब पुगेको छ ।
प्रतिक्रिया