काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यालय सानेपामा प्रहरी तैनाथ गरिएको छ । संस्थापनसँग असन्तुष्ट विद्यार्थीले समानान्तर कमिटी बनाउने गरी कार्यक्रम तय गरेपछि सानेपाको प्रवेशद्वारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो ।
पार्टी कार्यालय छिर्ने ठाउँमा केन्द्रीय कार्यालयको तर्फबाट सूचना टाँस गरि पार्टी केन्द्रीय पदाधिकारी, सदस्यहरू, जिल्ला कार्य समितिका सभापति र सांसदबाहेकलाई प्रवेश निषेध गरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले विधानविपरीत केन्द्रीय सदस्य थपेको भन्दै असन्तुष्ट विद्यार्थीले समानान्तर कार्यसमिति घोषणाको तयारी गरेका हुन् । नेविसंघको विधानले १५१ सदस्यमात्रै वैधानिक हुने भने पनि सभापतिले ७१० जनालाई अवैधानिकरूपमा मनोनयन गरेपछि आन्दोलित हुनुपरेको असन्तुष्ट पक्षको भनाई छ ।
प्रतिक्रिया