काठमाडौँ । प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् ।सीताको निधन भएपछि बसेको मन्त्रिपरिषदको बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टी गर्ने निर्णय गरेको थियो । जस अनुसार उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।
उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । अन्त्येष्टि पूर्व माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाटे शवयात्रा निकालिएको थियो ।
प्रतिक्रिया