काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ ।
आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई गण्डकीप प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
पाण्डेलाई प्रदेश प्रमुख गुरुङले प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गर्नुभ्एको हो ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री पाण्डेको शुक्रबार सपथ लिने कार्यक्रम छ ।
प्रतिक्रिया