देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुरक्षा निकायलाई राजनीति दवाव र अवाञ्छित चलखेलबाट मुक्त बनाउँछुः गृहमन्त्री श्रेष्ठ

देशान्तर

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीति दवाव र अवाञ्छित चलखेलबाट मुक्त राख्ने प्रतिवद्धता जनाउनुभएको छ ।

गृहमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले उहाँले सुरक्षा निकाय र गृह प्रशासनमा कुनै शक्ति केन्द्र वा कुनै राजनीतिक दवावबाट मुक्त हुनुपर्ने बताउनुभएको हो ।

उहाँले सुरक्षा निकायमा हुने विचौलियाको भुमिकालाई शुन्यमा झारिने बताउनुभयो ।

उहाँले राष्ट्र र जनताको निम्ति प्रहरी प्रशासन हो भन्ने बनाउनेगरी काम गरिरहेको बताउँदै सुरक्षा निकायमा काम गर्नेहरुको मनोबल गिरेको खण्डमा सुरक्षा व्यवस्थामा नै प्रश्न उठ्ने भन्दै दवावरहीत प्रणाली स्थापित गर्नुपर्ने बताउनुभयो ।

उहाँले निष्पक्षताको आधारमा सुरक्षा निकायमा पदस्थापन हुने प्रणालीको विकास गर्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले देशका सबै वास्तविक नागरिकहरुले नागरिकताको प्रमाणपत्र सहज ढंगले छिटो भन्दा छिटो प्राप्त गर्न पाउनुपर्छ भन्ने पक्षमा सरकार रहेको स्पष्ट पार्नुभयो ।

उहाँले नागरिकताको विषय संवेदनशील भएकाले राष्ट्रिय सहमतिको पहल भइरहेको पनि बताउनुभयो ।

मन्त्री श्रेष्ठले मिटरब्याजबाट पीडितहरुको समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग बनाएको उल्लेख गर्दै आयोगले नै अब सबै पीडितहरुका समस्या समाधान गर्ने बताउनुभयो ।

उहाँले महिला हिंसाको प्रभावकारी नियन्त्रण र हिंसा गर्ने पीडकलाई तत्काल कानूनको कठघरामा ल्याइ दण्डित गर्ने पक्षमा आफू लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

लागुपदार्थ दुव्र्यसनीको मात्रा बढेको र दलितमाथिको उत्पीडनका घटनाहरु बढ्दै गएको भन्दै त्यसको नियन्त्रणमा लाग्ने पनि बताउनुभयो ।