काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको भन्दै सूचना सुनाउनु भएको छ ।
प्रतिनिधिसभा बैठकमा एमाले सांसद पन्तले प्रधानमन्त्री प्रचण्ड अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गर्नुभएको हो ।
उहाँले नागरिकताको नाम पुष्पकमल दाहाल, चलनचल्तीको नाम दिएर व्यंग्य गर्नुभएको छ ।
उहाँले अन्तिम पटक बालुवाटार छेउछाउ देखिएको भन्दै व्यंग्य गर्नुभयो ।
शुन्य समयमा सांसद पन्तले प्रहरीले मानिस हराएको सूचना निकाल्ने शैलीमा संसदमा प्रधानमन्त्री हराएको सूचना पढेर सुनाउनु भएको थियो ।
यस्तो छ सुनाएको सूचना–
‘नागरिकताको नाम : श्री पुष्पकमल दाहाल
चलन चल्तीको नाम : प्रचण्ड
स्थायी ठेगाना : फेरिराख्ने
अस्थायी ठेगाना : कहिले खुमलटार, कहिले बालुवाटार ।
हुलिया : पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरासुरुवाल र टोपी लगाउने, उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने । उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाऊ ।’
प्रतिक्रिया