काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भनसुन नलाग्ने दाबी गर्नुभएको छ ।
उडान शैक्षिक केन्द्रले आज काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहनुभएका पूर्वगभर्नर नेपालले क्षमता हुनेले मात्रै नेपाल राष्ट्र बैंकमा जागिर पाउन सक्ने बताउनुभएको छ ।
पूर्वगभर्नर नेपालले नेपालमा नपढ्नेहरुलाई व्यापार गर भनेर बाबुआमाले लगानी गरिदिने चलन राम्रो नभएको उल्लेख गर्दै त्यसका लागि झनै धेरै अध्ययनको आवश्यक हुने तर्क गर्नुभएको छ ।
उहाँले माध्यमिक शिक्षा सकिएपछि २ वर्ष कडा मेहनतका साथ अध्ययनको काम अघि बढाउने विद्यार्थीहरूको भविष्य आफूले नेपालमा राम्रो देखेको बतउनुभयो ।
प्रतिक्रिया