देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ढाकामाथिको आरोप पुष्टि भए सधैंका लागि सांसद पद जान सक्छ

देशान्तर

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ कारबाहीमा परेका छन् ।

प्रवक्ता डा. मुकुल ढकालका अनुसार रास्वपाले उहाँलाई तत्काल निलम्बन गरेको बताउनुभएको छ ।

सांसद श्रेष्ठको आरोप प्रमाणित भए उहाँ सधैंका लागि निलम्बन हुनुहुनेछ । तर, उहाले अडिओ इडिट गरेको बताउँदै आफूले छानबिनमा सघाउने पार्टीमा जानकारी गराइसक्नुुभएको छ ।

उहाँमाथिको आरोप प्रमाणित भए पार्टीले निलम्बित गरेको पत्र संसद सचिवालयमा पठाउँछ । संसद् सचिवालयमा आएको पत्र सभामुखले प्रतिनिधि सभाको बैठकमा पढेर सुनाएपछि उक्त पद रिक्त हुन्छ ।

सभामुखले रिक्त रहेको जानकारी गराइसकेपछि मात्रै आयोगले प्रक्रिया थाल्नेछ । श्रेष्ठ समानुपातिक कोटाबाट सांसद भएका हुन् । उनी आदिवासी जनजाति कोटाबाट सांसद बनेका थिए ।

उहाँलाई कारबाही गरेको पत्र प्राप्त भएपछि मात्रै आदिवासी जनजाति क्लस्टरबाट दोस्रो सूचीमा रहेका मेघबहादुर आले सांसद बन्नुहुने छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म कुनै दलले सांसदलाई कारवाही गरेको पत्र आफूलाई नआएको बताउनुभएको छ ।

उहाँले कुनै सांसदमाथि आरोप लागेपछि पार्टीले छानविन गर्ने र पुष्टि भएमात्रै केन्द्रीय समितिले निर्णय गरेर कारवाहीको पत्र संसद सचिवालयलाई पठाउने बताउनुभएको छ ।