देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचन सुरक्षा चुनौती बढ्यो,सबै चनाखो भएर बस्नुस: प्रमुख आयुक्त यादव

देशान्तर

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले पछिल्लो समयमा सुरक्षा चुनौती बढेको भन्दै सुरक्षकर्मी लगायत आम मतदातालाई सचेत रहन आग्रह गरेका छन ।

काभ्रेको धुलिखेलमा दृष्टिविहीन नागरिकसाग मंगलवार भएको अन्तक्रियामा प्रमुख आयुक्त यादवले उमेदवारहरुलाई मात्र नभई मतदाताहरुमा समेत सुरक्षा चुनौती बढेको बताएका हुन ।

यादवले सुरक्षा निकायले मात्रै सबै उमेद्वार र क्षेत्रको सुरक्षा दिन नसक्ने भन्दै उमेद्वार र मतदाता आफै पनि सुरक्षित र सचेतता अपनाउन आवस्यक भएको बताए ।

उनले राष्ट्रसेवक कर्मचारीले पार्टीको झण्डा र प्रचारमा हिड्नु लाज्जास्पद भएको टिप्पणी गरे । यादवले शिक्षक र निजामती कर्मचारीले दलपिच्छे झोला बोक्नु अशोभनीय भएको भन्दै यस्ता काम बन्द गर्न आग्रह गरे ।

उनले सुरक्षा निकायका सबै अङ्ग निर्वाचन सुरक्षामा खटिए पनि सबै क्षेत्रमा कहाा के हुदैछ भन्ने कुरा थाहा नपाउने भएकाले सुरक्षकर्मीलाई सहयोग गर्न आम मतदातासंग अपिल पनि गरेका छन । यादबले गाउागाउा र टोल टोलमा दलका तर्फबाट हुने आचासंहिता उल्लंघनको खबरदारी गर्न पनि आग्रह गरेका छन ।

कार्यक्रममा नेपाल नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेलले सरकार जिम्मेवार नबन्दा फरक क्षमता भएका व्यक्तिहरुका लागि निर्वाचन आयोगले निर्वाचनमा सहभागि गराउन र निर्वाचना शिक्षाका लागि आवश्यक प्रविधि भित्र्याउन नसकिएको बताए ।