काठमाडौं । एमालेको अध्यक्ष पदमा तेश्रो कार्यकालका लागि उम्मेदवारी दिन लागेका केपी शर्मा ओलीको प्यानल टुङ्गो लागेको छ ।

ओली प्यानलबाट उपाध्यक्षहरुमा विष्णु पौडेल, रामहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार बन्ने लगभग पक्कापक्की भएको ओली निकट स्रोतहरुले जनाएका छन् ।

ad

यस्तै महासचिवमा शंकर पोखरेल, उपमहासचिवहरुमा रघुबीर महासेठ, भानुभक्त ढकाल र विष्णु रिमाल तथा सचिवमा लेखराज भट्ट, पद्मा अर्याल, छबिलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराई उम्मेदवार उठाउने तयारी ओली पक्षले गरेको छ ।