
काठमाडों । नेकपा एमालेको ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहले पनि उम्मेदवार टुंगो लगाएको छ ।
पोखरेलको समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे, उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराम मेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने भएका छन् ।
यस्तै उपमहासचिव पदमा योगेश भट्टराई उठने भएका छन् । यसैगरी सचिव पदमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल लगायतको नाम रहेको पोखरेल निकट स्रोतले जनाएको छ ।










Facebook Comments