काठमाडौँ । एमालेको अध्यक्षको उम्मेदवार ईश्वर पोखरेलले पार्टीलाई विधिपूर्वक ठीक ढंगले चलाउन अध्यक्ष पदमा दाबी गरेको बताएका छन् ।

महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले आफ्नो उम्मेदवारीको कारण खुलाउँदै पार्टीलाई सामूहिक नेतृत्व अन्तर्गत ठीक ढंगले चलाउने उद्देश्यसहित आउन चाहेको स्पष्ट पारे । उनले पार्टीलाई पुनर्गठित र पुनः व्यवस्थित गर्नु आवश्यक रहेको भन्दै पार्टीको कार्यसम्पादनमा पनि पुनः व्यवस्थिति गर्नु जरुरी रहेको बताए ।

ad

यसको अर्थ के हो भने पार्टीलाई थप अपडेटेड रूपमा ल्याउनु जरुरी छ, उनले भने । उनले चुनावमा प्रतिस्पर्धाको कुरा स्वाभाविक भएको बताए । 

‘प्रतिस्पर्धा हुनु स्वाभाविक हो । हिजो भूमिगत अवस्थामा हुँदा पनि प्रतिस्पर्धा हुन्थ्यो । अहिले खुल्ला अवस्थामा जनताको बहुदलीय जनवादले निर्देशित हाम्रो पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनु अस्वाभाविक रूपमा मानिँदैन, उनले भने ।