काठमाडौँ । सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्द मारूले सिमेन्टको मूल्यवृद्धि नभएर मूल्य समायोजन गरेको बताएका छन् । बुधबार सार्वजनिक लेखा समितिमा भएको छलफलमा उनले यस्तो बताएका हुन् ।
उनलाई लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सिमेन्टको मूल्य वृद्धि गर्नुको कारणबारे सोधेका थिए । जवाफमा उनले अघिल्ला वर्षहरूमा ठुलो घाटा बेहोर्नु परेको कारण मूल्य समायोजन गरेको बताए । यस्तै पछिल्लो तीन महिना यता १२ घण्टा लोडसेडिङ भएकाले उत्पादनमा समस्या भएको, उत्पादन लागत बढेकाले मूल्य समायोजन गरेको उनको भनाइ छ ।
प्रतिक्रिया