काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अदालतमा उपस्थित हुन मंगलबार रुपन्देही पुगेका छन् ।
लामिछाने विमानस्थल हुँदै भैरहवा पुगेका हुन् । उनी बुधबार अदालत हाजिर हुनेछन् ।
रविसँगै पत्नी निकिता र केही केन्द्रीय नेता पनि रुपन्देही पुगेका छन् ।
बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि लामिछाने मंगलबार रुपन्देही पुगेका हुन् ।
प्रतिक्रिया