देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चार ठूला दलका प्रमुख सचेतकहरुबीच कानुन निर्माणबारे छलफल

देशान्तर

काठमाडौं । प्रतिनिधि सभाका चार ठूला दलका प्रमुख सचेतकहरुबीच कानुन निर्माणबारे छलफल भएको छ । सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालय मुख्य दलहरूका प्रमुख सचेतकहरुबीच छलफल भएको हो ।

छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौँला, माओवादी केन्द्रका हितराज पाण्डे र रास्वपा सन्तोष परियार सहभागी थिए । छलफल संसदीय काम कारबाहीलाई प्रभावकारी ढंगबाट अगाडि बढाउनेबारे केन्द्रित भएको जनाइएको छ ।


सरकारले संसद अधिवेशन बोलाउने तयारी गरेपछि सदनलाई प्रभावकारी ढंगले चलाउने विषयमा प्रमुख दलका प्रमुख सचेतकहरू छलफलमा जुटेका हुन् । हाउसमै र संसदीय समितिमा विधेयक अड्किने प्रवृत्ति रोक्ने विषयमा पनि चार दलका नेताहरूबीच छलफल भएको छ ।