देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इजरायलका राष्ट्रपति भन्छन -विपीन जोशीलाई सकुशल फिर्ता ल्याउन इजरायल पूर्ण प्रतिबद्ध छ

देशान्तर

काठमाडौं । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले हमासले बन्धक बनाएका नेपाली युवा विपीन जोशीलाई सकुशल फिर्ता ल्याउन इजरायल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितको ओहोदाको प्रमाणपत्र बुझेपछि भएको शिष्टाचार भेटमा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । भेटमा राजदूत पण्डितले विपीनको रिहाइका लागि नेपाल सरकारले गर्दै आएको प्रयासका बारेमा जानकारी गराएका थिए ।

तेल अभिभस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार राजदूत पण्डितले बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति हर्जोगसमक्ष बुझाएका थिए । त्यसपछि राजदूत पण्डितले इजरायली राजदूतसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटमा राष्ट्रपति हर्जोगले नेपाली कांग्रेसका नेता बीपी कोइरालाको स्मरण गरेका थिए । भेटमा राजदूत पण्डितले इजरायलका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।