काठमाडौं । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद भवन (हाउस अफ कमन्स)मा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्वविदेशमन्त्री जेम्स क्लेभर्लीसँग भेटघाट गरेका छन् ।
भेटमा कोइराला र क्लेभर्लीका बीच नेपाल–बेलायत सम्बन्ध, आपसी सहयोगजस्ता विषयमा कुराकानी भयो । कोइराला नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका निम्ति आग्रह गरे ।
प्रतिक्रिया