देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोहन वैद्य किरणको आईसीयूमा उपचार हुँदै

देशान्तर

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । आईसीयूमा राखेर उपचार भइरहेको वैद्यको स्वास्थ्य अवस्थामा सुधार आएकोले छिट्टै उनलाई वार्डमा स्थानान्तरण गर्ने विषयमा छलफल भइरहेको बताइएको छ।

पारिवारिक स्रोतका अनुसार उनको बोली सामान्य रहेको छ । डाक्टरहरूले एक–दुई दिनभित्रै उनलाई सामान्य वार्डमा सार्न सकिने बताएका छन् । तर अक्सिजनको मात्रा बेलाबेलामा घटबढ हुने गरेको कारण हाल उनलाई आईसीयूमै राखिएको छ ।

७८ वर्षीय वैद्यको स्वास्थ्य अवस्था विगत केही दिनयता उतारचढाव भइरहेको थियो । पुस दोस्रो सातादेखि श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । पछिल्लो समय उनको स्वास्थ्यमा सुधार देखिएको पारिवारिक स्रोतले जनाएको छ ।