काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. धनेश्वर नेपाल नियुक्त भएका छन् । उपकुलपति छनोट समितिको सिफारिसका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आइतबार उपकुलपतिमा नियुक्त गरेका हुन् ।
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका प्रा.डा. नेपालसहित १३ जनाको नाम स्वीकृत भएको थियो। जसमध्येबाट छनोट समितिले प्रा.डा. नेपाल, प्रा.डा. भागवत ढकाल र प्रा.डा. ऋषिराम रेग्मी गरी तीनजनाको नाम सिफारिस गरेको थियो । जसमध्ये प्रा.डा.नेपाल उपकुलपतिमा नियुक्त भएका हुन् ।
दैलेख घर भएका नेपाल यसअघि नेपाल संस्कृत विश्वविद्यालयका परीक्षा नियन्त्रक भइसकेका छन् । उनी नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका संस्थापक महासचिव र प्रजातन्त्रवादी प्राध्यापक संघका संस्थापक उपाध्यक्ष हुन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनी पटक–पटक जेल बसेका थिए ।
प्रतिक्रिया