देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रांगा भैँसीको मासु चीन निर्यातका लागि नेपाल र चिनियाँ कम्पनीबीच सम्झौता

देशान्तर


काठमाडौं । नेपालबाट रांगा भैँसीको मासु चीन निर्यातका लागि नेपाल र चिनियाँ कम्पनीबीच सम्झौता भएको छ ।

नेपालको हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको सांघाई जियान फुड प्रालिबीच सोमबार काठमाडौंमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापछि कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले यो सम्झौता नेपाल–चीनबिच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।

‘नेपाल र चीनबीच भएको सम्झौताले नेपाली किसानलाई राँगा, भैंसीपालनका लागि थप प्रोत्साहित गरेको पनि मन्त्री अधिकारीले बताए ।