सुर्खेत । गृहमन्त्री रमेश लेखकले अपराध पनि गर्ने र ठूलो कोलाहल आफैं गर्ने कुरा क्षम्य हुन नसक्ने बताएका छन् । उनले शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन पनि दिएका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले अपराध गर्ने सबै कानुनको दायराभित्र आउनुपर्ने बताए । शान्ति सुरक्षा,लोकतन्त्र प्रवाह हुनपर्ने सेवाको स्थिति सुदृढ गर्न कुनैपनि सम्झौता नहुने र सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने उनले बताए।
यो सरकार केही मानिसलाई मन्त्री बनाउन र सरकार बनाउनका लागि मात्र नबनेको उनको भनाई छ । केही विशेष परिस्थितलाई सम्बोधन गर्न हामी एक ठाउँमा उभिएका हौं, उनले भने । उनले स्थिरताका लागि वर्तमान सरकार बनेको पनि स्पष्ट पारे ।
गृहमन्त्री लेखकले जनताका अधिकांश मुद्दा गृहमन्त्रालयसँग जोडिएकाले मातहतका निकाय चनाखो हुनुपर्ने अवस्था रहेको बताए। ।
प्रतिक्रिया