देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्थमन्त्री पौडेल र अमेरिकी विदेशमन्त्री लुबीच भेटवार्ता, नेपाल र अमेरिकाबीच सहयोग आदानप्रदानका विषयमा केन्द्रित

देशान्तर


काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच आज भएको शिष्टाचार भेटवार्तामा नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्ने बिषयमा छलफल भएको छ ।


अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहयोग आदानप्रदानका विषयमा छलफल केन्द्रित थियो । भेटवार्तामा आर्थिक सहयोग, एमसीसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्माले बताए।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न आग्रह गरेको समेत शर्माले जानकारी दिए ।
उनले अमेरिकी विकास वित्त संस्थाबाट नेपालमा निजी क्षेत्रमा शुरु भएको लगानीलाई कसरी बिस्तार गर्ने भन्नेबारेमा पनि दुई नेताबीच छलफल भएको बताए ।

अमेरिकी सहयोगबाट एमसीसी परियोजना र केही युएसएआईडीको माध्यमबाट विभिन्न योजनाहरु कार्यान्वयनमा रहेका छन् । ति कार्ययोजनाको सम्बन्धमा कसरी ति आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विचारहरु आदानप्रदान भएको बताइएको छ ।