देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादकीय – रास्वपाको अराजनीतिक चरित्र

देशान्तर


सहकारी ठगी र संगठित अपराधमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै सो दलका नेता तथा कार्यकर्ताले कात्तिक २ गतेदेखि निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् । शक्तिका भरमा होइन, कानुनका आधारमा शासन सत्ता सञ्चालन गर्नुपर्छ भन्दै आइरहेका रवि र उनको पार्टीका नेता कार्यकर्ता अहिले रविमाथि न्यायिक प्रक्रिया चलिरह“दा अदालतलाई नै प्रभावित पार्ने गरी नाराबाजी गर्न व्यस्त छन् । यसबाट उक्त पार्टीको भनाइ र गराइमा आकाश जमिन फरकमात्र परेको छैन, उसको अराजनीतिक चरित्रसम्म उदांगो भएको छ ।
रास्वपाका सांसद शिशिर खनालसमेत सदस्य रहेको र उनले समेत हस्ताक्षर गरेको सहकारी संस्थाको रकम अपचलन छानबिनसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन र त्यही प्रतिवेदनमा गरिएको सिफारिसका आधारमा थप अध्ययन गरी प्रहरीले कात्तिक २ गते लामिछानेलाई उनकै पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगेको हो । कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधको कसुरमा पहिले ६ दिन र दोस्रो पटक थप ७ दिन हिरासतमा राखेर रविमाथि अनुसन्धान गर्न अनुमति दिएको छ । रविमाथि पोखरामा न्यायिक छानबिन र अदालती कारबाही जारी रह“दा रास्वपाका नेता कार्यकर्ता दिनहु“ सडकमा सरकारविरुद्ध आक्रोश व्यक्त गर्न व्यस्त छन् । अभियोग सहकारी ठगी र संगठित अपराधको छ, तर, रास्वपाले राजनीतिक प्रतिशोधका आधारमा कारबाही चलाइएको आरोप लगाएको छ । नियम, कानुन, विधि र प्रक्रिया मान्छौं भन्नेहरूले अदालती कारबाही चलिरह“दा यसरी प्रदर्शन गर्नु अशोभनीय त हु“दै हो, अराजनीतिक चरित्र पनि हो ।


अनुसन्धान लम्बि“दै जा“दा रविमाथि किर्ते र सम्पत्ति शुद्धीकरणको पनि अभियोग लाग्ने देखिएको छ । सञ्चालकहरूले सहकारीबाट ६५ करोड ५४ लाख रुपैयँ“ गोर्खा मिडिया नेटवर्कमा लगेको र उक्त रकम रविले खर्च गरेको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ भने १५ प्रतिशत सेयरसहित सञ्चालक सदस्य तथा प्रबन्ध निर्देशक रहेका रविले उक्त रकम खर्च गरेको जिम्मेवारीबाट उम्किन नमिल्ने स्पष्ट रूपमा भनिसकेको छ । अझ अचम्म त के छ भने संसदीय समितिमा रास्वपाबाट सदस्य रहेका शिशिर खनालसमेत रास्वपाको आन्दोलनमा छन्, रास्वपाबाट सांसद रहेका नेताहरू पनि पोखराको सडकमा नाराबाजी गरिरहेका छन्, जुन उनीहरूको मर्यादाले पनि नसुहाउ“दो कुरा हो ।
कास्की जिल्ला अदालतले मात्रै होइन, रूपन्देही जिल्ला अदालतले समेत रवि र उनका तत्कालीन साझेदार छविलाल जोशी अनि रास्वपाकै सहमहामन्त्री विपिन आचार्यकी श्रीमती सुरक्षा अधिकारीसहित १२ जनालाई पक्राउ गर्न पुर्जी जारी गरेको छ । पोखरामा अनुसन्धान भइरहेका बेला छविलाई रूपन्देही पु¥याएर बयान गराइएको थियो भने अब रविलाई पनि रूपन्देही लगिने तयारी हु“दैछ । कास्कीको सूर्यदर्शन, रूपन्देहीको सुप्रिम, चितवनको सहारा, पर्साको सानो पाइला र काठमाडौंको स्वर्ण लक्ष्मी सहकारीको पैसा गोर्खा मिडियामा आएको पाइएपछि अब क्रमिक रूपमा पा“चै जिल्लामा उनीहरूमाथि अनुसन्धान हुने र मुद्दा चल्ने देखिएको छ ।


रास्वपाले कहिलेसम्म विरोध प्रदर्शन गरिरहने ? अहिलेको मुख्य प्रश्न हो यो । अनि के का लागि विरोध प्रदर्शन गर्ने ? अर्को प्रश्न हो यो । सहकारीको रकम अनधिकृत रूपमा अर्कै कम्पनीमा लगेर चलाउने अनि किन चलाइस् भनेर न्यायिक प्रक्रिया सुरु गर्दा विरोध गर्नु निकै अशोभनीय देखिएको छ । आफूलाई वैकल्पिक राजनीतिक शक्तिको रूपमा व्याख्या गर्ने अनि पुराना, परम्परागत र ठूला दलहरूको उछितो काढेर संसद् अनि सत्तामा पुग्ने दलले यसो गर्नु कत्तिको उचित हो ? अहिले जनजनले यही प्रश्न गरिरहेका छन् ।
रवि दोषी हुन् वा निर्दोष, अदालतले छुट्ट्याउने छ । अदालतले यसको छिनोफानो गर्नेछ । आफू निर्दोेष रहेको प्रमाण पेस गर्न सके रविले उन्मुक्ति पाउ“छन्, होइन भने अन्य ठगहरूले झैं उनले पनि कारबाही भोग्नुपर्छ । कानुनभन्दा माथि कोही छैन । कांग्रेस, एमाले र माओवादीसहित अन्य दलका शक्तिशाली नेताहरूले भने कारबाही भोगेका छन् । कति नेता त अझै पनि जेलमा छन् । रविले सजाय पाउनु कुनै नया“ कुरा होइन । त्यसमाथि रविले अहिले जुन जीवनशैली अपनाइरहेका छन्, त्यसको आर्थिक स्रोत के हो ? यसमा पनि उनले स्पष्ट पार्नुपर्छ ।
कानुन सबैका लागि बराबर हुनुपर्छ । अदालतले कसैलाई काखा र कसैलाई पाखा गर्न मिल्दैन, हु“दैन, गर्दैन । रवि दोषी ठहरिए कारबाही भोग्छन्, रविलाई कारबाही भयो भने रास्वपा उफ्रिनु जरुरी छैन । अन्य नेताहरूले रास्वपालाई अगाडि बढाए हुन्छ, होइन भने रवि मात्रै होइन, रविले नेतृत्व गरेको रास्वपा, यसका नेता अनि कार्यकर्ता सबै ठग हुन् भन्ने आरोप लाग्छ । जुन औंलामा विष लागेको हो, त्यसैलाई हो उपचार गर्ने । अहिले रविमाथि कानुनी उपचार सुरु भएको छ, यसलाई सघाउनु रास्वपाका नेता कार्यकर्ताको धर्म हुनेछ ।