काठमाडौं । वैशाख १ गतेदेखि मौलाकाली केवलकार सञ्चालनमा आएसँगै मौलाकालीका मन्दिरको धार्मिक महत्व झनै बढ्दै गएको छ ।
गैंडाकोट नगरपालिका वडा १ का स्थानीयहरु धार्मिक महत्व बढ्ने र स्थानीय स्तरमा रोजगारी बढ्ने भन्दै हर्षित भएका हुन् ।
स्थानीयहरुले २ घण्टा हिँडेर जानुपर्ने मौलाकाली मन्दिरमा ५ मिनेटमा पुग्ने केवलकार बन्ने अपेक्षा नभएपनि अहिले आएर साकार हुँदा खुशी लागेको बताका छन् ।
केवलकार सञ्चालनमा आउँदा खुशी भए पनि केवलकार व्यवस्थापनले भाडादर कम गर्नुपर्ने उनीहरुको माग छ ।
मन्दिरको बेसमा विगत २५ वर्षदेखि सामान्य टहरोमा पूजा सामाग्री व्यापार गर्ने व्यापारीहरुले टहरा व्यवस्थापन गर्दा व्यापार बन्द नहुने गरी वैकल्पिक व्यवस्था गरिनुपर्ने बताएका छन् ।
केवकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन गर्न आउने वृद्धवृद्धाहरुलाई समेत सहज भएको छ ।
८० वर्षको उमेरमा घरमा नै खुम्चिएर बस्नु भन्दा केवलकार चढेर मन्दिर दर्शन गर्न पाउँदा खुशीले स्थानीयहरु खुसीले हर्षित भएका छन् । उनीहरुलाई छुट पन गरिएको छ ।
केवलकार प्रयोग गरी मन्दिर दर्शन गर्न जाने यात्रुहरुले पनि विगतमा दुईचार घण्टा लाग्ने गरेकोमा केवलकारले सहज बनाएको स्थानि बताउछन् ।
मौलाकाली केवलकारको गत १८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको थियो ।
प्रतिक्रिया