काठमाडौं । आज नेप्से परिसूचक २७.३१ अंकले बढेको छ । यस दिन नेप्से १.४८ प्रतिशतले बढेर १८७१.३३ बिन्दुमा बन्द भएको छ ।
आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
गत कारोबार दिन ९१ करोड १९ लाख ७६ हजार ४९ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम बढेर यस दिन ९४ करोड ५२ लाख ४९ हजार १७९ रुपैयाँ पुगेको छ ।
यस दिन २६२ वटा धितोपत्रको ३३ लाख १५ हजार ७२० कित्ता सेयर किनबेच भएको हो । आज कालिञ्चोक दर्शनको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।
यसदिन उक्त कम्पनीको सेयरमूल्य ४१४ रुपैयाँ ८० पैसा पुगेको छ। यस्तै, आदर्श लघुवित्तको सेयरमूल्य ९.६९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ७५ रुपैयाँ पुगेको छ ।
सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ३.५४ प्रतिशतले घटेको छ । उक्त कम्पनीको सेयरमूल्य ३१३ रुपैयाँ पुगेको छ ।
यस्तै, १०% प्राइम डिवेञ्चर २०८८ को मूल्य २.३७ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ८१५ रुपैयाँ २० पैसामा झरेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ ।
उक्त कम्पनीको प्रतिकित्ता ४०० रुपैयाँमा ७ करोड १० लाख बराबरको सेयर कारोबार भएको हो । यो मूल्य अघिल्लो दिनको तुलनामा २.०४ प्रतिशत बढेको हो ।
वित्त र विकास बैंक समूहको परिसूचक २.४३ र २.३५ प्रतिशतले बढेको छ।
प्रतिक्रिया