इनरुवा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले केन्द्रदेखि जिल्ला तहसम्म रहेको गुटउपगुट अन्त्यको सन्देश १३ औंँ महाधिवेशनले दिने बताएका छन् ।
सुनसरी सदरमुकाम इनरुवामा आज काँग्रेस सुनसरीले आयोजना गरेको स्वागत तथा शुभकामना आदनप्रदान कार्यक्रममा नेता डा महतले सक्षम, युवा, निडर र पार्टीलाई हाँक्न सक्नेको जमातलाई यस पटकको महाधिवेशनले नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे ।
उनले जिल्ला नेता, महाधिवेशन र क्षेत्रीय प्रतिनिधि, गाउँ तथा नगरका नेतालाई सक्षम भएर पार्टीको हितमा काम गर्न आग्रह गरे । त्यस क्रममा करिब २५ जनाले केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने घोषणा समेत गरेका थिए ।
]]>
प्रतिक्रिया