देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ताप्लेजुङमा बस दुर्घटना

देशान्तर

काठमाडौं । ताप्लेजुङको आम्बेगुदिनस्थित हप्पुखोलाबाट झापाको विर्तामाड जाँदै गरेको बस आज विहान दुर्घटना हुँदा ११ जना घाइते भएको छन् । घाइतेमध्ये सहचालक सहित चार जनाको अबस्था गम्भिर रहेको छ ।

विहान चार बजे हप्पुखोलाबाट तिस जना यात्रु लिएर छुटेको बिशाल यातायातको मे १ ख १७९९ नंबरको बस आम्बेगुदिन ३ स्थित सडकबाट करीब बिस मिटर तल खसेको थियो । घाइतेमध्ये ४ झापा सनि अर्जुन नगरपालीकाका टिकाराम विष्ट, सोहि स्थानका सहचालक भिम कटुवाल, खेवाङ ६ का जगनाथ भट्टराई र उनकी श्रीमति नरमायाँ भट्टराईको अबस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।

बाटो कच्ची, चिप्लो र सागुरो भएकाले दुर्घटना भएको स्थानीयले बताएका छन् । चालक भने सुरक्षित रहेको बताइएको छ । 

]]>