देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्पष्ट बहुमत नआएपछि भक्तपुर कांग्रेसमा फेरि निर्वाचन

देशान्तर

भक्तपुर । नेपाली काँग्रेस भक्तपुर जिल्ला अधिवेशनको निर्वाचनमा जिल्ला सभापतिको चार उम्मेदवारमध्ये कसैले पनि स्पष्ट बहुमत नल्याएपछि पुनः निर्वाचन हुने भएको छ ।

भक्तपुरमा हिजो भएको निर्वाचनपछि राति अबेर आएको नतिजा अनुसार नेता शेरबहादुर देउवा पक्षका उम्मेदवार एवम् काँग्रेस भक्तपरका निवर्तमान सभापति गणेश चक्रधरले १२५ र देउवा पक्ष कै वागी उम्मेदवार दुर्लभ थापाले १४७ मत ल्याएका थिए । भने संस्थापन पक्षका सभापतिका उम्मेदवार अष्टकुमार कँुवरले  १४४ मत, संस्थापन कै वागी उम्मेदवार राजाराम खड्काले ३८ मत प्राप्त गरे ।

काँग्रेस विद्यान अनुसार स्पष्ट बहुमत कसैको नआए पनि संस्थापनका कुँवर र देउवा पक्षका थापाको मत बढी भएको आधारमा दुई जनाबीच आगामी शनिवार पुनः निर्वाचन हुने भएको छ ।

अधिवेशनबाट निर्वाचित पदाधिकारीमध्ये सचिवमा उद्धव सिलवाल १७२ मत प्राप्त गरेर निर्वाचित भएका छन् भने कोषाध्यक्षमा विजेश अवाल १४७ मत प्राप्त गरी निर्वाचित भए ।

जिल्ला सदस्यमा किरण न्यौपाने, मुरारी आचार्य, निशान ढुङेल, धर्मराज थापा, नवराज दाहाल, प्रेम खत्री, हरि नेपाल, राजनकाजी त्वाती, केदार खड्का, गोकुल शर्मा निर्वाचित भएका छन् ।

त्यसैगरी महिला जिल्ला सदस्यतर्फ सारदा झा, उर्मिला वन, निलकमल ध्वजू, सचिला खड्का, दलित तर्फ राम बोगटी र रोजी विशुङ्खे, आदीवासी जनजाति तर्फ किरण माकजु, शिवराम श्रेष्ठ, अल्पसङ्ख्यकमा शशी बस्नेत, रमा ढकाल शिल्पकार निर्वाचित भएका छन् ।  महासमिति सदस्यमा भने गणेशमान चक्रधर, रामेश्वर ढुङ्गेल, विनोद कायस्थ, बाबुराजा जोशी, मदनकृष्ण श्रेष्ठ, प्रवीण वन, निशान ढुङ्गेल, रजनी जोन्छे, सुभद्रा काफ्ले, विष्णुराज कार्की, जगन्नाथ कार्की, निर्वाचित भएका छन् ।

]]>