देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एयर काष्ठमण्डपको विमान दुर्घटना, दुईजनाको मृत्यु

देशान्तर

काठमाडौँ। नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटमा दुर्घटनामा परेको छ । 

दुर्घटनामा परी चालकदलका दुई सदस्यको मृत्यु भएको छ । जहाज चालक दिनेश न्यौपाने र सह–चालक सन्तोष रानाले उडाएका थिए।

जिल्ला सदरमुकामदेखि ५ घण्टाको दुरीमा रहेको पाडमघाट क्षेत्रमा विमान दुर्घटना भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले पुष्टि गरेको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलतर्फ गएको छ । घटनाको यकिन विवरण भने आइनसकेको प्रहरीले जनाएको छ । 

नेपालगन्जबाट जुम्लाका लागि उडेको नाइनएनएजेविको एअर काष्ठमण्डपको हवाईजहाज चिल्खाया गाविस–२ परगाउँमा दिउँसो दुर्घटना भएको स्थानीयवासी नन्दबहादुर कटुवालले जानकारी दिएका छन् ।  

विमानमा सवार घाइतेको उद्धारका लागि घटनास्थलतर्फ हेलिकप्टर र सुरक्षा निकायको टोली परिचालन गरिएको छ । 

नेपालगन्जबाट जुम्लाका लागि उडेको ९एन–एजेबी विमान जबर्जस्ती अवतरण गर्ने क्रममा कालीकोटको चिल्खाया–२ मा दुर्घटनामा परेको हो । उद्धारका लागि भैरहवा, पोखरा र मुगुको रारामा रहेका हेलिकोप्टर प्रयोग गर्न निर्देशन दिइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

विमानमा चालकसहित ११ जना सवार थिए । 

यो समाचार तयार पार्दासम्म पाखा गाविसमा रहेको प्रहरी चौकी सेरावाडाबाट प्रहरीको टोली त्यसतर्फ जांदै गरेको बताइएको छ । 

 

]]>