देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अनौठो मागः “सरकार, बाँदर लखेटिदिनुपर्‍यो”

देशान्तर

दोलखा। गाउँमा बाँदरले दुखःदिएपछि सुनखानी गाविसका महिला आन्दोलन गर्न सदरमुकाम चरीकोट आएका छन् । 

महिलाले आपूmले बगैँचामा लगाएको फलपूmलदेखि तरकारी र खेतको अन्नपात बाँदरले नष्ट पारेको बारेमा जानकारी दिई सदरमुकामका कार्यालयमा घेराउ गरेर यसको नियन्त्रणमा लागिदिन जिल्ला वन कार्यालय र जिल्ला प्रशाशन कार्यालय दोलखालाई दबाब दिएका हुन् । आफ्नो परिश्रम सबै बाँदरले खाइदिएपछि उनीहरुले आक्रोशित हुँदै बाँदर नियन्त्रणमा सहयोग गरिदन आग्रह गरेका छन् । 

स्थायिनबासीहरुले बाँदरले सबै बालिनाली सत्यनाश पारेको  यसका लागि सरकारले हेरिदिनु पर्ने उनीहरुको माग आग्रहर रहेको छ । उनीहरुका अनुसार विभिन्न मौसम अनुसार बाली लगाउने गरेको  तर बाँदरले खान  नदिने सरकारलाई भन्ने बाहेक सबै उपाया अवलम्बन गरिसकेको भन्दै अन्तिममा सरकार गुहार्न पुगेका हुन् । 
जिल्ला वन कार्यालयका प्रमुख विष्णुप्रसाद भण्डारीले बाँदर नियन्त्रणका लागि वन कार्यालयले सक्ने खालको पहल गर्ने बताएका छन् ।  तर प्रहरीका अनुसार बाँदर मार्नु नियमविपरीत हुन्छ ।  

आज करिब १५० जना महिला हुल बाँधेर चरीकोट आएका थिए । भुकम्प पछाडि घर भत्किएर टहरामा बस्दै आएका स्थानीयवासी बाँदरले दःुख दिएपछि झनै चिन्तामा छन् ।

]]>