देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको १३ औं महाधिवेशन आजदेखि

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको १३ औ महाधिवेशन आजबाट राजधानीमा सुरु हुँदैछ । २००३ सालमा स्थापना भएको पुरानो लोकतन्त्रवादी पार्टी नेपाली कांग्रेसको ६९ बर्षेको इतिहाँसमा आजबाट १३ औं महाधिवेशन सुरु हुन लागेको हो । खुल्लामञ्चमा कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले दिउसो १ बजे भब्य समारोह बिच १३ औ महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

सभापति सुशील कोइरालाको आकस्मिक निधनपछि कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै आएका पौडेलले परम्परालाई निरन्तरता दिँदै महाधिवेशन उद्घाटन गर्न लागेका हुन् । सुशीलको नेतृत्वमा बनायौं सबिंधान ,समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान भन्ने मुल नारा सहित एक वर्ष ६ महिना ढिलो गरी हुन लागेको महाधिवेशन उद्घाटनसत्रमा कांग्रेसले सवै राजनितिक दललाई निमन्त्रणा गरेको छ । उद्घानटनमा सहभागि हुन विभिन्न देशका प्रतिनिधि काठमाण्डौं आइसकेका छन् । महाधिवेशनले आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चयनका साथै पार्टीले लिने निती र कार्यक्रम समेत टुंगो लगाउने छ ।

२००३ साल माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा अखिल भारतिय राष्ट्रिय कांग्रेसको पहिलो महाधिवेशन भएको थियो । यही महाधिवेशनले आफ्नो नाम परिवर्तन गरेर नेपाली राष्ट्रिय कांग्रेस राखेको थियो । र नेपाली कांग्रेसको पहिलो महाधिवेशन यसैलाई मानिदै आएको छ । वीपी कोइराला कृष्णप्रसाद भट्टराई बालचन्द्र शर्मा डिल्ली रमण रेग्मी लगायतका भारतमा रहेको युवाहरुको प्रयासबाट अखिल भारतिय राष्ट्रिय कांग्रेस हुँदै नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको इतिहाँसमा उल्लेख छ । यो महाधिवेशनमा जेल तोडेर  भारत पुगेको गणेशमान सिंहले पनि भाग लिएका थिए ।

सो पहिलो अधिवेशनले नेपालको जेलमा रहेका प्रजापरिषदका नेता टंकप्रसाद आचार्यलाई सभापति र वीपी कोइरालालाई कार्यकारी सभापतिमा चयन गरेको थियो । पहिलो महाधिवेशनले पार्टीका अन्य पदाधिकारीमा मन्त्री बालचन्द्र शर्मा, प्रकाशन बिभाग अध्यक्षमा डिल्लीरमण रेग्मी, संगठन मन्त्रीमा कृष्णप्रसाद भट्टराई प्रचार र संगठन निमित्त सदस्यमा देवव्रत परियार, सदस्यमा डिएन प्रधान,सदस्य गोपालप्रसाद भट्टराई, सदस्यमा लाक्पाछिरिङ शेर्पा र सदस्यमा रुद्र गिरिलाई चयन गरेको थियो ।

 

]]>