देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हत्याको आरोप लागेका फरार अभियुक्त दुई वर्षपछि पक्राउ

देशान्तर

सप्तरी । ज्यान मारेको अभियोग लागि दुई वर्षदेखि फरार एक व्यक्तिलाई सप्तरी प्रहरीले पक्राउ गरेको आज जनाएको छ । 

पक्राउ पर्नेमा सप्तरीको इनरुवा गाविस–९ का विश्वेश्वर मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनलाई सोमबार घरबाटै पक्राउ गरिएको बताइएको छ । 

मण्डलले २०७१ वैशाख २१ गते सोही ठाउँका संचेन्द्र भनिने कुमरदेव यादवलाई धारिलो हतियार प्रहार गरी घाँटी काटेर हत्या गरेका थिए । 

सो हत्यापछि मृतकका बुबा भोलाई यादवले मण्डल र निजकी श्रीमतीसहित १४ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा उनीहरुविरुद्ध मुद्दा दर्ता गराएकाले पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।  

सो हत्यामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको बताइएको छ । 

]]>