देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दलको नेताका लागि नेता पौडेलद्वारा उम्मेदवारी दर्ता

देशान्तर

 काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलद्वारा संसदीय दलको नेताका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

सिंहदरबारस्थित दलको कार्यालय पुगेर पौडेलले दलको नेताका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्। पौडेलको प्रस्तावकमा प्रकाशमान सिंह छन् भने समर्थकमा महामन्त्री शशांक कोइराला छन्।

यसअघि नै सभापति शेरबहादुर देउवाद्वारा दलको नेतामा आफ्नो उम्मेद्वारी दिइसकेका छन्।

निर्वाचन समितिले दलको नेताको मनोनयन दर्ताका लागि बिहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्मका लागि समय निर्धारण गरेको छ। निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्तापछि दिउँसो साढे १२ बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन गरिनेछ भने दिउँसो १ बजेसम्म उम्मेदवारीविरुद्ध दाबी विरोधको समय छुट्याइएको छ।

यस्तै दिउँसो साढे १ बजे दोस्रो पटक उम्मेदवारको नामावली प्रकाशन गरिने छ।  दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिको कार्यतालिका छ।

दलको नेताको निर्वाचन भने बुधवार भोलि ११ बजेदेखि २ बजेसम्म हुनेछ।

]]>