देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस संसदीय दलको कार्यसमिति चयन आज

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति चयनका लागि आज मनोनयन दर्ता हुँदै छ । 

निर्वाचन समितिले उमेदवारी दर्ताको लागि विहान ११ देखि अपरान्ह १ बजेसम्मे समय तोकेको  छ । 

अपरान्ह साढे ५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका रहेको छ ।

संशोधित विधान अनुसार समावेशी समानुपातिक सिद्धान्तका आधारमा २२ जना सदस्य चयन हुनेछन् ।
यसअघि विकास क्षेत्र अनुसार सदस्य चयन हुने गरेकोमा कांग्रेसले नयाँ संविधान अनुसार प्रदेशका आधारमा सदस्य चयन हुने गरी विधान संशोधन गरेको हो ।

कार्यसमितिको निर्वाचनका लागि भोली विहान ९ देखि १२ बजेसम्म विद्युतीय प्रणाली मार्फत मतदानको कार्यतालिका रहेको कंग्रेसले जनाएको छ ।

यसअघि हिजो संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेललाई पराजित गरेका थिए ।

]]>