देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंका अधिकांश व्यापारिक मलले कर नतिरेको खुलासा

देशान्तर

काठमाडौं । दैनिक करोडभन्दा धेरै व्यापार गर्ने काठमाडौंका ठूला व्यापारिक कम्प्लेक्स मलले घरजग्गा कर छली गर्दै आइरहेका छन् । स्थानीय स्वायत्त शासन ऐन, २०५५ अनुसार प्रत्येक व्यापारिक कम्प्लेक्सले घरजग्गावापतको कर काठमाडौं महानगरपालिकालाई तिर्नुपर्ने कानुनी व्यवस्था छ । तर, केहीमध्ये अधिकांशले घरजग्गा कर तिरेका छैनन् ।

महानगरपालिकाका राजस्व विभाग प्रमुख महेश काफ्लेका अनुसार पटकपटक अनुरोधपछि पनि उनीहरु करको दायरामा आउन मानेका छैनन् । तथ्यांकअनुसार महानगरपालिकाले सबैभन्दा धेरै कर सञ्चयकोषको भवनस्थित काठमाडौं मलबाट असुल गर्न बाँकी छ ।

मलबाट काठमाडौं महानगरपालिकाले ४० करोड रुपैयाँ असुल गर्न बाँकी छ । सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत्त प्राधिकरणबाट महानगरपालिकाले १६ करोड रुपैयाँ कर उठाउन बाँकी छ । त्यस्तै त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरबाट सात करोड रुपैयाँ असुल गर्न बाँकी छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

]]>