देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली सरकार विकल्प खोज्न ढिला हुन लाग्यो : महामन्त्री कोइराला

देशान्तर

धादिङ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले वर्तमान सरकारको विकल्प सोच्ने बेला आएको बताएका छन् । सरकारको काम सन्तोषजनक नभएको भन्दै उनले कांग्रेस सरकारमा जाँदा स्पष्ट योजनासहित जाने बताए । प्रेस युनियन धादिङले शुक्रबार गरेको पत्रकार भेटघाटमा महामन्त्री कोइरालाले भने, ‘मधेसको समस्या सम्बोधन गर्दै संविधान कार्यान्वयन, पुनर्निर्माण र भारतसँगको सम्बन्धका विषयमा स्पष्ट खाकासहित कांग्रेस अगाडि बढ्छ ।’

वर्तमान सरकार परिवर्तन हुनसक्ने भन्दै उनले कांग्रेसले सरकारमा जाने विषयमा निर्णय भने गरिनसकेको प्रष्ट पारे ।  महामन्त्री डा. कोइरालाले १३ औं महाधिवेशनबाट  पार्टीभित्रको भागबन्डाको राजनीतिलाई अन्त्य भएको बताएका छन्।  कोइरालाले १३औँ महाधिवेशनलाई एकता अधिवेशनका रुपमा लिएर प्रतिनिधिहरुले मतदान गरेकाले पार्टीमा देखिएको ६०/४० को भागबन्डाको अब अन्त्य भएको बताएका हुन्।

उनले भागबन्डाको राजनीति समाप्त भइसकेकाले पार्टीलाई अझ सशक्त बनाउन नेता तथा कार्यकर्ता एक भएर लाग्नु पर्ने आवश्यक रहेको बताए। काँग्रेस सरकारमा सहभागी हुन्छ कि हुँदैन भन्ने पत्रकारहरुको प्रश्नमा महामन्त्री कोइरालाले सरकारमा सहभागी हुने विषयमा अझै निर्णय लिइनसकेको बताए। कोइरालाले संविधान कार्यान्वयनका लागि काँग्रेस दृढ रहेको बताए।  

कोइरालाले लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा हुने भएकाले कसैको जित र हार नहुने बताए।सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको संसदीय दलको नेताका लागि भएको प्रतिस्पर्धाले पार्टीमा फुट नभई एकता कायम गर्ने उनको भनाई छ। 

]]>