देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीन महिनामा फोहरबाट बिजुली

देशान्तर

काठमाडौँ । आगामी तीन महिनाभित्र काठमाडौँ महानगरपालिकाले फोहरबाट बिजुली निकाल्ने भएको छ । 

महानगरपालिकाका वातावरण विभाग प्रशासन महाशाखा प्रमुख गङ्गाधर गौतमका अनुसार अहिले १४ किलोवाट बिजुली निकाल्न लागिएको हो । यो परीक्षण सफल भए काठमाडौँ उपत्यकाका अन्य स्थान र उपत्यकाबाहिर पनि यस योजनालाई विस्तार गरिनेछ ।  

अहिले टेकु ट्रान्सफर स्टेसनमा सङ्कलित फोहरबाट बिजुली निकाल्न लागिएको र यसका लागि दैनिक ३०० टन जैविक फोहर आवश्यक पर्ने प्रमुख गौतमले जानकारी दिए ।   

उनका अनुसार उपत्यकामा दैनिक ४५० टन फोहर उत्पादन हुन्छ जसमध्ये ६३ प्रतिशत जैविक फोहर हुने गर्दछ । उपत्यकाको फोहरको व्यवस्थापन गर्ने सिलसिलामा बिजुली निकाल्न लागिएको हो ।

वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठका अनुसार उक्त कामका लागि युुरोपेली सङ्घ र काठमाडौँ महानगरले संयुक्त रूपमा करिब दुई करोड रुपैयाँ लगानी गर्ने छन् ।  उत्पादित बिजुली महानगरको कार्यालयमै प्रयोग गरिनेछ । बिजुली उत्पादनका लागि आवश्यक सबै सामग्री भने भारतबाट आयात गरिने बताइएको छ ।   

निकट भविष्यमा टेकुमा सङ्कलित फोहरबाट दैनिक ९६ केजी ग्यास, ३०० केजी जैविक मल र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन गर्ने योजना महानगरको छ ।

]]>