काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मधेसमा देखिएको समस्या आन्तरिक समस्या भएको र यसलाई समाधान गर्न नेपालका दल सक्षम रहेको बताएका छन् ।
राजधानीमा आयोजित कार्यक्रममा बोल्दै यादवले समस्या समाधानको लागि सरकार, मुख्य राजनीतिक दल तथा मधेसवादी दल कटिबद्ध हुनु पर्नेमा जोड दिए ।
बालविवाह रोक्ने पक्षमा तयार पारिएको रेडियो नाटक मैसरी शुनाखरी बारे जानकारी दिन मंगलबार काठमाडौंमा भएको कार्यक्रममा पूर्व राष्ट्रपति यादवले अहिले नयाँ संविधानले सबै वर्ग र समुदायलाई समान अधिकार दिएको भन्दै बाँकी कुरा छलफलबाट मिलाउन सकिने उनको भनाईरहेको छ ।
यस्तै संविधानको कार्यान्वयका लागि सबै प्रतिबद्ध हुनु पर्नेमा पनि उनले जोड दिँदै भने,‘सबै पक्ष एक भएर संविधान कार्यान्वयनमा लाग्न सके केही वर्ष भित्रमै नेपाल समृद्धी तर्फ अघि बढ्ने छ।’
]]>
प्रतिक्रिया