देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

करोडौंको हिरा र सुन बरामद, लुकाउन खोज्दै प्रहरी

देशान्तर

काठमाडौं । धनगढी बसपार्कस्थित एसएस कलेक्सन सेन्टरको सटरमा लुकाएर राखेको बहुमूल्य हिरा र सुन प्रहरीले बरामद गरेको छ । सूचनाका आधारमा डोटीका शंकर भुललाई नेपालगञ्जबाट पक्राउ गरेपछि उनले लुकाएर राखेको उक्त बहुमुल्य पत्थर धातु बरामद गर्न प्रहरी सफल भएको छ । प्रहरीले उक्त पसलको सटरको कभरमा लुकाएर राखिएको २ पोको हिरा र सुन बरामद गरेको प्रत्यक्षदर्शी व्यापारीले बताएका छन् । प्रहरीले भने यो घटनाबारे केही जानकारी नदिएर गोप्य राख्न खाजेको छ ।

प्रहरीले शनिबार तयारी मुचुल्कामा ४ स्थानीय व्यापारीलाई हस्ताक्षर गराएको थियो । करिब ६ इन्च चौडाइ र ६ इन्च लम्बाइ भएका २ पोका प्रहरीले बरामद गरेको हो,’ मुचुल्कामा हस्ताक्षर गर्ने छिमेकी पसलका व्यापारी जनक पुजाराले बताए । प्रहरीले पोका फुकाएर सबै सामान नदेखाएको ती व्यापारीले बताए । मुचुल्कामा सेतो पत्थर, पहेलो धातु, चुरा २ थान, सिक्री औँठीलगायतका साभाग्री लेखिएको पुजाराले बताए ।

हस्ताक्षर गर्ने अर्का व्यापारी गोपाल पौडेलले स्थानीय एक व्यक्तिले ती सामाग्रीको मोबाइलले खिचेको फोटा मेटाउनलन लगाएको बताए । एकिन नभएपनि करिब ८० करोड रुपैयाँबराबरको हिरा सुन प्रहरीले फेला पारेर लगेको स्थानिय व्यापारीले बताएका छन् ।नागरिक दैनिकमा समाचार छ । 

]]>