देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

न्यायाधीशमाथि एमाले सा‌ंसदद्वारा इजलासभित्रै दुर्व्यवहार

देशान्तर

काठमाडौं । एमालेकी सासंद नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालार्इ गालीगलौज गर्दै  इजलासभित्रै अभद्र व्यवहार गरेकी छन्।

सांसद खातुनका पति एमाले नेता स्वर्गीय महमुद आलमको हत्याको मुद्धामा बुधबार न्यायाधीश शर्माले पूर्वसांसद रामचन्द्र प्याशी कुशवाहालाई १० वर्ष मात्र सजायको फैसला गरेपछि सांसद खातुनले न्यायाधीश शर्मालार्इ गालीगलौज गर्दै अभद्र व्यवहार गरेकी हुन्।

न्यायाधीश शर्माले मुद्दाको फैसला गरेलगत्तै सांसद खातुन र उनका समर्थकले न्यायाधीश शर्मालार्इ गालीगलौज गरेका थिए।  अभद्र व्यवहार भएपछि न्यायाधीश शर्मा इजलास छाडेर चेम्बरभित्र पुगेका थिए। घटना लगत्तै अदालत परिसरमा जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी नायब उपरीक्षाक विनोद शर्माको नेतृत्वमा प्रहरी टोली परिचालन गरेको थियो।  

खातुनका समर्थक र आफन्तले न्यायाधीश शर्माको चेम्बरको झ्याल तोडफोड पनि गरेका थिए।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। 

]]>