देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस संसदीय दलको बैठक भोलि

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबारबाट सुरु हुने संसद्को अधिवेशनमा प्रस्तुत हुने रणनीतिका बारेमा छलफल गर्न भोलि संसदीय दलको बैठक बोलाएको छ । भूकम्प प्रभावितलाई राहत÷पुनर्निर्माणका साथै दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गराउन सरकार असफल भएको निष्कर्षसहित कांग्रेसले संसद्को बैठकमा सरकारको असफलता बाहिर ल्याउने रणनीति तयार गर्ने जनाइएको छ । नेपाली कांग्रेस ओली नेतृत्वको सरकार बनेयता पार्टीको महाधिवेशन लगायतको आन्तरिक व्यवस्थापनमा लागेका कारण विपक्षीको भूमिका खासै निर्वाह गर्न सकेको छैन । ‘सरकार भूकम्प प्रभावितलाई राहत वितरणका साथै कालोबजारी नियन्त्रण गर्न असफल भएको छ’, केन्द्रीय सदस्यसमेत रहेका सांसद डा. प्रकाशशरण महतले भने, ‘संसदीय दलको बैठकले संसद्मा पार्टीले कस्तो भूमिका निर्वाह गर्ने भन्ने तय गर्नेछ ।’

श्रीमती आरजुको उपचारका क्रममा नौदिने भारत बसाइपछि बुधबार स्वदेश फर्केका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीले संसद्भित्र र बाहिर सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् । त्रिभुवन विमानस्थलनमा सभापति देउवाले भूकम्पपीडितको राहत, पुनस्र्थापना र पुनर्निर्माणमा सरकारको काम सन्तोषजनक नरहेको जनाए । सभापति देउवाले सरकारको कामको मूल्यांकन संसद्बाट हुने भन्दै विपक्षीको प्रभावकारी भूमिका निर्वाह गर्ने दाबी गरेका थिए ।

कालोबजारी नियन्त्रण, भूकम्प प्रभावितलाई राहत र पुनस्र्थापनामा भएको विलम्बको विषयमा प्रधानमन्त्रीका साथै सत्तारुढ दलका नेतास“गसमेत कुरा गर्ने देउवाले बताए । ‘भूकम्प गएको एक वर्ष बित्दासमेत प्रभावितले किन राहत पाएनन्, त्यस विषयमा सरकारस“ग कुरा गर्छु’, देउवाले विमानस्थलमा सञ्चारकर्मीलाई भनेका थिए । सरकारले पुनर्निर्माणको काम अगाडि बढाउन नसकेको, भूकम्पपीडितलाई राहतको उचित व्यवस्था गर्न नसकेको भन्दै कांग्रेसका दुई दर्जनभन्दा बढी सांसदहरूले एकमहिने अल्टिमेटमसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्रसमेत बुझाइसकेका छन् । 

यसैबीच, नेपाली कांग्रेसले भूकम्पपछि पुनर्निर्माणमा सघाउन पार्टी कार्यकर्ताहरूलाई खटाउने भएको छ । सरकारले भूकम्प अति प्रभावित जिल्लाका गाउँ÷टोलहरूमा पुनर्निर्माणका लागि खटिएका एक हजार तीन सय ४६ इन्जिनियरलाई सघाउन जिल्लाका नेता कार्यकर्ता खटाउने कांग्रेसले जनाएको छ । मुख्यसचिव ऋषिकेश तिवारीले जारी गरेको सूचनामा जिल्लामा खटिएका प्रत्येक इन्जिनियरहरूसँग समन्वय गरी प्रत्येक गाउँ÷टोलका लागि पार्टीको तर्फबाट २०÷२० जना कार्यकर्ता सहभागी गराउन कांग्रेसको जिल्ला पार्टीलाई आग्रह गरिएको छ । कांग्रेसले पुनर्निर्माणमा खटिएका इन्जिनियर र जिल्ला प्राविधिक कार्यालयसँग समन्वय गरी जिल्ला पार्टीको सबै निकाय परिचालन गर्न जिल्ला पार्टीहरूलाई निर्देशन पनि दिएको छ ।

 

]]>