देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस संसदीय दलको बैठक आज

देशान्तर

काठमाडौँ । भोलीबाट सुरु हुने संसदको वजेट अधिवेशनमा पार्टीको रणनीति तय गर्नका लागि नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।  काँग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा विहान १०ः३० बजे बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा खेल्ने भुमिकाका बारेमा छलफल हुने बताइएको छ । भूकम्प प्रभावित जिल्लामा पुनःनिर्माण र पुनर्वासको कार्यमा सुस्तता छाएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

काँग्रेस संसदीय दल, कार्यसमितिको हिजो बसेको बैठकले यही वैशाख २१ गते बस्ने व्यवस्थापिका–संसद्को अधिवेशनमा पुनःनिर्माणको कामलाई प्राथमिकताका साथ उठाउने निर्णय गरेको हो । पुनःनिर्माणसँगै मुलुकका जल्दाबल्दा विषयलाई संसद्मा जोडदाररुपले उठाइने काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए । ‘पुनःनिर्माण र पुनर्वास, इन्धनको अभाव, कालोबजारी, महँगीजस्ता जल्लाबल्दा विषयमा हाउसमा प्रभावकारी रुपमा कुरा उठाउछौँ । सरकारको नीति तथा कार्यक्रम र बजेटसम्बन्धी छलफल अघि यी जल्लाबल्दा विषयको सम्बोधन हुनुपर्छ भन्ने हाम्रो अडान रहन्छ’– उनले भने ।

संसदीय दलको बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न बसेको संसदीय कार्यसमितिको बैठकले पुनःनिर्माणमा भइरहेको ढिलाइ, पीडितलाई सहजरुपमा राहत वितरण, सुक्खायामलाई मध्यनजर गरी समयमै खाद्यान्न भण्डारण, आगलागी नियन्त्रणलगायतमा सरकारको ध्यानाकर्षण गराउने काँग्रेसले जनाएको छ । 

]]>