देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएन अमेरिकाद्वारा विद्यालयको निरीक्षण

देशान्तर

सिन्धुपाल्चोक । गत वर्षको विनाशकारी भूकम्पबाट पूर्णरूपमा क्षतिग्रस्त भई एनआरएन अमेरिकाको सहयोगमा निर्माणाधीन  सिन्धुपाल्चोकको सेतीदेवी माध्यमिक विद्यालयको एनआरएन अमेरिकाको टोलीले निरीक्षण गरेको छ । जिल्लाको भीमटारमा रहेको उक्त विद्यालयको पुनर्निर्माणको लागि एनआरएन अमेरिकाले करिब ११ लाख सहयोग गरेको थियो । एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलको नेतृत्वमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सम्मिलित टोलीले हिजो शनिबार विद्यालयको  पुनर्निर्माणको बारेमा जानकारी लिएको थियो ।  

विद्यालय निर्माणस्थलमा आयोजित कार्यक्रममा बोल्दै एनआरएन अमेरिका अध्यक्ष डा. पौडेलले उक्त विद्यालयमा अध्ययनरत दुईजना विद्यार्थीलाई उच्च शिक्षाको लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे । त्यस्तै उनले उक्त विद्यालयमा अध्यापन गराउने दुईजना शिक्षकको तलबसुविधा पनि बेहोर्ने प्रतिबद्धता जनाए । साथै अध्यक्ष पौडेलले उचित प्रस्ताव आएमा थप आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका  थिए । 

कार्यक्रममा एनआरएन अमेरिका र विद्यालयबीचमा सहजकर्ताको भूमिका खेलेका स्थानीय समाजसेवी वंशलाल तामाङले विद्यालयको अवस्था र समस्याको बारेमा टोलीलाई अवगत गराएका थिए । तामाङले विद्यालयको पुनर्निर्माण तथा सुदृढीकरणको लागि आफूृले भविष्यमा यस्तै पहल गरिरहने प्रतिबद्धता व्यक्त गरे । हिजो शनिबार विद्यालयको  निरीक्षणको लागि गएको उक्त टोलीमा अन्य  संघसंस्थाका प्रतिनिधिहरू पनि सहभागी रहेका थिए । उक्त टोलीमा संलग्न भएका ग्रिनसिटी हस्पिटलका अध्यक्ष लोकबहादुर टण्डनले उक्त विद्यालयको पुनर्निर्माणको लगि ५१ हजार रुपैया“ सहयोग गरे । त्यस्तै उनले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीमध्येबाट दुईजना विद्यार्थीको लागि स्वास्थ्यतर्फको प्राविधिक शिक्षा अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्ने घोषणासमेत गरेका थिए । 

एनआरएन टोलीसमक्ष विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रअ खगेन्द्रप्रसाद सापकोटाले विद्यालयको अवस्थाको बारेमा जानकारी गराएका थिए । उक्त निरीक्षण टोलीमा एनआरएन अमेरिकाका बोर्ड निर्देशक मोहन ज्ञवाली, हरिश्चन्द्र हमाल, सल्लाहकार सुनिल शाहलगायत अन्य संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

 

]]>