देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सीमांकनपछि मात्र चुनाव : कांग्रेस

देशान्तर

काठमाडौं ।  सरकारी नीति तथा कार्यक्रममा प्रमुख विपक्षी कांग्रेससहित ३ दलका सांसदले संशोधन प्रस्ताव राखेका छन् । कांग्रेसका सांसदले दर्ता गरेको संशोधन प्रस्तावमा स्थानीय निकायको संख्या र सिमाना निर्धारण हुनुअघि स्थानीय चुनाव गर्न नहुने प्रस्ताव छ । कांग्रेस सांसद रमेश लेखकसहित ३ जनाले पेस गरेको १६ बुँदे प्रस्तावमा नयाँ संविधानअनुसार संख्या र सिमाना टुंगो नलगाई हुने चुनावको औचित्य नहुने उल्लेख छ ।

संविधानको धारा २९५ को उपधारा (३) बमोजिम सीमांकनका लागि आयोग गठन भएको र त्यसले सीमा निर्धारण गर्ने भएकाले त्यसपछि मात्र चुनाव हुनुपर्ने प्रस्तावमा छ । ‘राजनीतिक सहमतिका आधारमा संविधानको परिकल्पनाबमोजिम स्थानीय निकायको निर्वाचन गरिनेछ’ त्यसमा भनिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आइतबार प्रस्तुत सरकारी नीति तथा कार्यक्रममा स्थानीय निकायको निर्वाचन आउँदो मंसिर महिनामा हुने उल्लेख छ । त्यसमा धन्यवादको प्रस्ताव पारित गर्दा राखिनुपर्ने संशोधनको समय सोमबार दिउँसो ४ बजेसम्म तोकिएको थियो ।

उक्त अवधिभित्र कांग्रेसले एक, नेपाल मजदुर किसान पार्टीले २ र खम्बुवान राष्ट्रिय मोर्चाले एक प्रस्ताव दर्ता गरेका थिए ।  कांग्रेस सांसद लेखकले पेस गरेको प्रस्तावमा संसदबाट १९३ वटा कानुनहरू एकमुष्ट संशोधन गर्न सरकारले प्रस्ताव गर्दा गम्भीर प्रकृतिका अपराधमा सजाय कम व्यवस्था गरिएकाले पहिलेकै कानुनमा विद्यमान सजाय कायम हुनुपर्ने उल्लेख छ । त्यस्तै न्यायपालिकाको स्वतन्त्रतालाई जीवन्त राख्दै राजनीतीकरण मुक्त राखिनुपर्ने सुझाव छ ।

नीति तथा कार्यक्रममाथि मंगलबारदेखि ३ दिनसम्म छलफल हुने कार्यक्रम छ । यही ३१ गते प्रधानमन्त्री केपी ओलीले सदनमा उठेका सवालको जवाफ दिनेछन् । त्यसपछि एकैपटक जेठ १५ गते सरकारले बजेट ल्याउनेछ । कान्तिपुर दैनिकमा समाचार छ । 

]]>