देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचनबारे धारणा बनाउन कांग्रेस छलफलमा

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसले अन्तरिम अवधिका लागि स्थानीय निकायको निर्वाचन गर्न संभव हुने या नहुने भन्ने बिषयमा पार्टीको दृष्टिकोण बनाउन छलफल थालेको छ । सरकारले आगामी मंसीरमा चुनाव गर्ने घोषणा गरीरहेका बेला प्रतिपक्ष कांग्रेसले यस बिषयमा पार्टीको दृष्टिकोण ल्याउन आन्तरिक छलफलमा जुटेको हो ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा बुधबार भएको छलफलमा अधिकांश कांग्रेस नेताहरुको मत स्थानीय निकायको पुर्नसंरचनापछि निर्वाचन गराउन उपयुक्त हुने थियो । 

बैठकमा सहभागी कांग्रेसका एक नेताले स्थानीय निकायको पुर्नसंरचनाका लागि आयोग गठन भईसकेको अवस्थामा अन्तरिम अवधिका लागि मंसीरमा स्थानीय निकायको निर्वाचन गर्नुको औचित्व नहुने निष्कर्ष बैठकमा निकालिएको बताए । कान्तिपुर दैनिकमा समाचार छ।

]]>