देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इलेक्ट्रोलाइज्ड वाटर डिसइन्फेक्सन सिष्टम : मानव स्वास्थ्य र वातावरणलाई हानी नगरी भाइरसबाट बच्ने उपाय

देशान्तर

सस्तो मूल्यमा स्कूल, कलेज र भीडभाड हुने स्थानमा प्रयोग गर्न सकिने विधि

काठमाडौं । सिमुलेशन साइन्स सेन्टरले इलेक्ट्रोलाइज्ड वाटर डिसइन्फेक्सन सिस्टम (Electrolyzed Water Disinfection System -HOCL) बजारमा ल्याएको छ । मानिसको शरिर तथा अन्य वस्तुहरुमा रहेको कोभिड– १९ लगायत कुनैपनि प्रकारको भाइरसलाई शतप्रतिशत निस्क्रिय बनाउन सक्ने इलेक्ट्रोलाइज्ड वाटर डिसइन्फेक्सन सिस्टम अटोमाइजिङ प्रविधिमा आधारित मेशिन हो । यसको निर्माण दुइवटा एकाईलाई जोडेर गरिएको छ । पहिलो एकाई Electrolyzed Water Generator (EWG) ले भाइरस निर्मलीकरण वाफ उत्पादन गर्छ जसको उपयोग घरमा स्यानिटाइजरको लागि र डिसइन्फेक्ट्यान्ट सिस्टम एकाइको लागि पनि गरिन्छ । EWG आफै पनि एउटा Mini Version of Fogging System हो । यसको दोस्रो एकाई Disinfectant System ठूलो भवन र मानिसहरुलाई निर्मलीकरण गर्नलाई बनाइएको एउटा Open Fogging Unit हो । यसमा भएको मशिनले EWG Solution लाई Fogg मा उत्पादन गर्छ र हावालाई पनि विषाणुमुक्त बनाइदिन्छ ।

नुन पानीको अम्लीय झोलमा विद्युत प्रवाह गरेपछि, पानी र नुन एकअर्कासँग प्रतिक्रिया गर्छन र नयाँ Solution उत्पादन गर्छन् । नयाँ उत्पादित Solution लाई नै Electrolyzed Water भनिएको हो । यो एउटा PH Neutralभएको र अत्यन्त प्रभावकारी कीटाणुनाशक सोलुशन भएकोले मानव स्वास्थ्यमा कुनै पनि प्रकारको नकारात्मक असर नहुने सेन्टरले जनाएको छ ।

नुन पानीको प्रतिक्रियाबाट बनाएको सोलुशन बजारमा भएका कीटाणुनाशकहरूमा सबभन्दा बढी प्रभावशाली भएको विभिन्न अध्ययनहरुले पुष्टि गरिसकेका छन् । कीटाणु, जीवाणु र विषाणुहरु मार्नको लागि Electrolyzed Water Bleach भन्दा १०० गुना बढी असरकारक यो सोलुशन भएको सेन्टरले जानकारी दिएको छ । HOCL विषाणुहरूमा पनि अत्यन्त प्रभाकारी रहेको बताइएको छ । यसबाट E. Coli, Avian Flu, Novo Virus, Swine Flu, HiV, MRSA, Poliovirus, SARS Cov– २ (कोभिड– १९) जस्ता धेरैजसो भाइरसबाट मानिसको बाहिरी शरिर तथा कुनै पनि वस्तुलाई निर्मलीकरण गर्न सकिने जनाइएको छ ।

नुन पानीको प्रतिक्रियाबाट बनिएको झोलमा ९० प्रतिशत Hypocholoric Acid बन्छ, HYPOCHOLROUS Acid ले सजिलैसँग विषाणुहरुको सेल भित्ता, प्रोटिन कोट र लिपिड एनभेलपमा प्रवेश गरेर सबै नष्ट गर्छ । तर मानिसलाई कुनै पनि प्रकारको नकारात्मक असर असर पार्दैन । HOCL ले आँक्सीकरणको सहायताले भाइरसहरुको डिएनए र आरएनए संरचना र प्रतिक्रिया गर्ने विधिलाई पनि नष्ट गर्दछ ।

स्वास्थ्यको दृष्टिले सुरक्षित र वातावरणमैत्री
Electrolyzed Water मा नुन, पानी र सिरका अतिरिक्त कुनैपनि रसायन मिसाइएको हुँदैन । Electrolyzed गरिसकेपछि बेनको हाइपोक्लोरिक एसिड (HO) एउटा प्राकृतिक कीटाणुनाशक हो । मानिसको शरिरको श्वेत रक्तकणले पनि रुघा लाग्नबाट बचाउनको लागि HOCL नै उत्पादित गर्छ । 200PPN HOCL Concentration भएको Electrolyzed Water लाई WHO, FDA र USDA, EPA हरुले पनि स्वीकृति दिएका छन् ।

प्राकृतिक तवरले भाइरस नष्ट गर्ने भएकोले यसलाई वातावरणमैत्री प्राकृतिक निर्मलीकरण विधि मानिएको छ । विशुद्ध नुन पानी र भेनेगरबाट बनेको झोलको वाष्प भएकोले बजारमा पाइने अन्य सेनिटाइजरजस्तो मानव स्वास्थ्य र वातावरण विगार्ने कुनै पनि प्रकारको टक्सीक पैदा नहुने निर्माण कम्पनीले जनाएको छ । कुनैपनि बोट विरुवा, निर्जिव वस्तु तथा मानवको लागि सुरक्षित भएकोले यो विधि यतिबेला संसारभरी प्रचलनमा रहेको प्रमाणित विधि भएको कम्पनीको दाबी छ । आँखा, फोक्सो, छाला जस्ता मानव अंगमा कुनै पनि प्रकारको नकारात्मक असर नपर्ने भएकोले पनि यो विधि लोकप्रिय बन्दै गएको छ ।

प्रयोगका स्थान
यसले प्रकृति, मानव र जीवजन्तुलाई कुनैपनि प्रकारको नोक्सान पु¥याउँदैन । त्यसले गर्दा मानिसले आफ्नो आवश्यकताअनुसार कुनैपनि ठाउँमा प्रयोग गर्न सक्ने जनाइएको छ । उदाहरणको लागि घरमा, पशुपालन, विद्यालय, एयरपोर्ट, कार्यालय लुगाहरु आदिमा प्रयोग गर्न सकिन्छ ।

इलेक्ट्रोलाइज्ड वाटरलाई विभिन्न उद्देश्यको लागि प्रयोग गर्न सकिन्छ । जस्तो भवनहरुमा भएका यन्त्र र सामानहरु स्यानिटाइज गर्नलाई प्रयोग गर्न सकिन्छ । खानेकुराहरुलाई निर्मलीकरण गर्न पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै बच्चाहरूको सामान र खेलौनाहरुलाई निर्मलीकरण गर्न पनि प्रयोग गर्न सकिन्छ । पछिल्लो समयमा विद्यालयहरु र भीडभाड हुने कार्यालयहरुमा भाइरस सर्ने जोखिम बढी हुने भएकोले यसको प्रयोग त्यस्ता स्थानहरुमा बढी उपयोगी मानिएको छ । यसले मानव स्वास्थ्यलाई पनि हानी नगर्ने र भाइरस तथा विशाणु पनि शतप्रतिशत नष्ट गर्ने भएकोले यसको प्रयोग बढी सुरक्षित मानिएको छ ।

सस्तो र भरपर्दो
भाइरस तथा विषाणु निर्मलीकरणको विधिहरुमध्ये सबैभन्दा सुरक्षित र भरपर्दो हुनुका साथै यो विधि खर्चको दृष्टिले पनि अत्यन्तै सस्तो रहेको छ । एउटा मेशिनको प्रयोग गरेर नुन, पानी र भेनेगरबाट एचओसिएल सोलुशन निर्माण हुने भएकोले बजारमा हानिकारिक केमिकलयुक्त सेनिटाइजर महंगोमा खरिद गर्नुभन्दा यो विधि धेरै गुणा सस्तो पर्न जान्छ । एकपटक निश्चित मूल्यमा मेशिन खरिद गरिसकेपछि सामान्य नुन र भेनेगर खरिद गरेर आफ्नो आवश्यकता अनुरुपको निर्मलीकरण सोलिुसन तत्काल निर्माण गर्न सकिन्छ । त्यसैले बजारमा महंगो पर्ने स्यानीटाइजरको दाजोमा यो विधि कैयौं गुणा सस्तो पर्न जान्छ । बजारमा पाइने अन्य वाष्पीकरण मेशिनको दाजोमा इलेक्ट्रोइज्ड निर्मलीकरण मेशिन निकै सस्तो पर्न जान्छ । यसैगरी यो मेशिन कोरोना माहामारी पछि पनि वतावरणलाई ह्युमीडीफायर गर्न उपयोगी हुने देखिन्छ ।