देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

३६ हजार घरधनीसँग अनुदान सम्झौता

देशान्तर

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट घर क्षति भई अनुदान पाउने १० जिल्लाका ३६ हजार २८७ घरधनीसँग सम्झौता गरेको छ । 

ओखलढुङ्गामा १० हजार ७३३, रामेछापमा १३ हजार ७९, गोरखामा दुई हजार ३००, धादिङमा ५९९, नुवाकोटमा २८०, रसुवामा २०८, सिन्धुपाल्चोकमा एक हजार ९२७, काभ्रेपलाञ्चोकमा ९००, दोलखामा पाँच हजार १६१ र सिन्धुलीमा एक हजार १०० घरधनीसँग अनुदान सम्झौता गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले  जानकारी दिए ।  

सम्झौता भएका अनुदान पाउने घरधनीलाई बंैकसँग कारोबारको सम्झौता हुने बित्तिकै पहिलो किस्ताको रु ५० हजार दिइने प्राधिकरणले प्रष्ट पारेको छ ।  यो रकम हाल दोलखा र गोरखा जिल्लाका एक हजार भन्दा बढी घरधनीलाई प्रदान गरिएको छ बताइएको छ । 

लगत सङ्कलन सम्पन्न भए पनि मकवानपुरमा अनुदान सम्झौता सुरु नभएको प्राधिकरणले जनाएको छ । 

]]>