काठमाडौं । व्यवस्थापीका संसदको बैठक स्थगित भएको छ । सरकारले बजेट सार्वजनिक हुनुभन्दा पहिला नै बाहिर सूचना लिक गरेको भन्दै कांग्रेसले आपत्ति जनाएपछी बैठक स्थागित भएको हो ।
बैठकको सुरुवातमा सभामुखसँग समय मागेर बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री डा.रामशरण महतले बजेट सार्वजानिक हुनुभन्दा पहिला नै सञ्चारमाध्यममा आएको भन्दै यसको जिम्मेवारी अर्थमन्त्रीले लिनुपर्ने बताएका थिए । उनले बोल्नेवित्तिकै काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
]]>
प्रतिक्रिया